कुलो निर्माणमा ठूलो भ्रष्टाचार: अख्तियारले ८ जनाविरुद्ध मुद्दा दायर

15.3K
shares
Nabil bank

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको नरहरिनाथ गाउँपालिका–७ मा निर्माण भइरहेको ओगडेनी–आडिखोला सिंचाइ कुलो निर्माण योजनामा करोडौंको अनियमितता भएको पुष्टि गर्दै ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आ.व. २०७७/७८ मा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विनियोजित रु. ४२.८४ लाख खर्चेर ९३० मिटर पक्की कुलो निर्माण गर्ने सम्झौता थियो। तर अनुसन्धानमा मात्र ३५४ मिटर काम भएको पाइएको छ। बाँकी ७३० मिटर कुलो निर्माण भएको भनी झुटा नापी किताब र गलत प्रतिवेदन पेश गरी रु. १९,४८,४८८.१४ बराबर रकम बढी मूल्यांकन गरेर भुक्तानी गरिएको आयोगले जनाएको छ।

आयोगबाट खटिएको प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्दा प्रतिवेदनमा उल्लेख गरिएका स्टोन सोलिङ, ड्राइ मेसनरी, पीपीसी, आरसीसीजस्ता प्रमुख कामहरू वास्तविक अवस्थामा नभएको पुष्टि भएको छ।

आरोपपत्रमा परेका ८ जनाः

  • मनशोभा बुढा, तत्कालीन उपाध्यक्ष

  • दल बहादुर विश्वकर्मा, तत्कालीन वडा अध्यक्ष

  • दुर्गालाल न्यौपाने, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत

  • अमर शाही, सब–इन्जिनियर

  • अनिल कुमार बिष्ट, सब–इन्जिनियर

  • नरेश बहादुर शाही, अध्यक्ष, उपभोक्ता समिति

  • कासी विश्वकर्मा, सचिव

  • मधु विश्वकर्मा, कोषाध्यक्ष

उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअनुसार कैद, जरिवाना र बिगो असुलीको मागसहित मुद्दा दायर गरिएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, “काम नगरी रकम हिनामिना गर्ने, झुटा प्रतिवेदन तयार गर्ने र गैरकानूनी लाभ लिने उद्देश्यले योजनामा ठूला हेरा–फेरी गरिएको प्रमाणित भएकाले” मुद्दा दायर गरिएको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x