वित्तीय संकटमा मन्जुश्री फाइनान्स : ऋणी हिमालयन फरार, सँस्थाको १ अर्ब ३२ करोड डुब्यो

2.5K
shares

काठमाडौं। मन्जुस्री फाइनान्स लिमिटेडका ग्राहकको निक्षेप जोखिममा परेको छ। प्रवाह भएका अर्बौं रुपैयाँ कर्जा असुल नहुँदा कम्पनीको वित्तीय अवस्था संकटउन्मुक्त देखिएको हो। जसका कारण फाईनान्स दबाबमा परेको छ।

 

पछिल्लो समय मन्जुश्री फाईनान्सबाट कर्जा लिएर तिर्न नसक्नेको सङख्या ह्वात्तै बढेको छ। व्यवस्थापकीय नेतृत्वको चरम लापरबाहीले जथाभावी बाँडिएका कर्जा असुल नहुँदा कम्पनीले ऋण उठाउन अदालतसम्म पुगेको छ।

 

ऋण नउठेपछि मन्जुश्री फाईनान्सले हालै मात्र दर्जनौँ ऋणीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। यसरी मुद्दा दायर गर्नेमध्यका एक हुन् हिमालयन थापा मगर। कम्पनीले हिमालयन थापा मगरसहित अन्य दुईजना विरुद्ध मुद्दा दायर गरेको छ। कम्पनीबाट हिमालय ट्रेडर्सका नाममा प्रवाह १ अर्ब ३२ करोडभन्दा बढी रकम नउठेपछि कम्पनी उक्त ऋण असुल गरिपाउँ भन्दै अदालत पुगेको हो। तर, थापाका स- परिवार नै अमेरिका पुगेपछि सँस्थाका निक्षेपकर्ताको अर्बौँ रुपैयाँ परेको छ। यसले मन्जुश्री फाईनान्सको वित्तीय अवस्था संकटउन्मुख अवस्थामा पुर्याएको छ।

 

हिमालयन ट्रेडर्स सञ्चालनका लागि थापाले मन्जुस्री फाइनान्सबाट १ अर्ब ३२ करोड रुपैयाँ कर्जा लिएका थिए। तर, सिईओ तेज तिमिल्सिनाको जबर्जस्तिले दिईएको कर्जा लामोसमय देखि असुल नहुँदा सँस्था ऋण असुलीका लागि अदालतमा पुगेको हो।

 

यो मात्र नभइ फाइनान्सबाट सुभ गंगाजल ट्रेडर्स, कान्ति खाधान्न स्टोर्स धिरज मेटल वर्कस लगायतका कम्पनीहरुमा प्रवाह भएका अर्बौं रुपैयाँ कर्जा उठेका छैनन्। यी कम्पनीविरुद्द पनि मन्जुश्री फाइनान्स अदालत पुगेको छ। उक्त मुद्दाहरु अदालतमा विचाराधीन छन्।

 

उक्त मुद्दा विचाराधीन रहेकाले अन्तिम निर्णय अदालतकै हातमा रहे पनि थापा परिवारसहित अमेरिका प्रस्थान गरेपछि कर्जा असुल प्रक्रिया झन् जटिल बनेको छ।

 

फाइनान्सका एक अधिकारीका अनुसार थापाको कम्पनीको वित्तीय अवस्था तथा जोखिम मुल्यांकन नै नगरी सिईओ तिमिल्सिनाको जबर्जस्तीमा अर्बौँ रुपैयाँ कर्जा प्रवाह भएको थियो। जसका कारण उक्त कर्जा खराव कर्जामा परिणत भएको हो।

ऋण असुलीका लागि अदालतको प्रक्रियामा थापाको उपस्थिति अनिवार्य भए पनि उनी परिवारसहित विदेश फरार भएपछि कर्जा असुल हुने सम्भावना न्युन रहेको फाइनान्सका कर्जा विभागकै एक अधिकारी बताँछ्न् । त्यसमाथि थापासहित अन्य ऋणी पनि फरार भएपछि उक्त मुद्दा समेत अलपत्र परेको छ।

 

नेपाल राष्ट्र बैंक फाइनान्स सुपरिवेक्षण विभागका एक अधिकारीका अनुसार सिईओ तिमिल्सिना लगायत केहि व्यवस्थापकीय नेतृत्वको मनोमानीले सँस्थाका ग्राहकको बचत तथा लगानीकर्ताको लगानी जोखिममा छ। पछिल्लो समय खराव कर्जा अनुपात बढ्दै गएकाले मन्जुश्री फाइनान्स प्रोभिजनिङ्गको दवावमा रहेको उनी बताउँछन्। ती अधिकारीका अनुसार बचतकर्ताको रकमको सुरक्षिततामाथि समेत प्रश्न उठिरहेकाले कम्पनीमाथि स्पेसल निरीक्षण भैरहेको छ।

 

जोखिम मुल्यांकन नगरी प्रवाह भएका ठुला-ठुला कर्जा नै असुल नहुँदा संस्थाको पूँजीगत अवस्था कमजोर हुने र त्यसको असर सीधै ग्राहकको निक्षेप सुरक्षामा पर्ने विश्लेषकहरु बताउँछन्।

 

पछिल्लो केहि समयदेखि फाइनान्सले ठुला खराब कर्जाहरु लुकाएर वित्तीय विवरणमा कृतिम नाफा देखाएको छ। जोखिममा परेका कर्जाहरूले संस्थाको दीर्घकालीन वित्तीय स्थायित्वमाथि चुनौती थपिदिएको लगानी कर्ताहरुको गुनासो बढेको छ।

 

 

मन्जुश्री फाइनान्सबाट प्रवाह भएका कर्जा अपचलनबारे बुझ्न हामीले सिईओ तिमिल्सिनालाई सम्पर्क गर्यौँ। तर, उनले प्रतिक्रिया दिन अस्विकार गरेका छन्।

civil hospital
Hams Hospitals