माइतीघरमा जेन–जी आन्दोलन तितरबितर, निकोलस भुसालसहित दर्जनौँ पक्राउ

17.6K
shares
Nabil bank

काठमाडौं । माइतीघर मण्डलामा आन्दोलनका लागि भेला भएका जेन–जी युवालाई प्रहरीले तितरबितर पारेको छ । प्रदर्शनका क्रममा अभियन्ता निकोलस भुसालसहित दर्जनभन्दा बढी युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै माइतीघर पुगेका निकोलसलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसबेला उनी गाँजा सेवन गरी आन्दोलनमा सहभागी भएको मेडिकल जाँचबाट पुष्टि भएपछि पुनर्स्थापना केन्द्रमा राख्ने सर्तमा आफन्तको जिम्मा लगाएर रिहा गरिएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेन–जी युवाले ‘संयुक्त आन्दोलन’को नाममा माइतीघरमा प्रदर्शन गरेका थिए । आन्दोलनस्थलमा केही घाइतेसमेत उपस्थित भएका थिए ।

तर प्रशासनको अनुमति नलिई कार्यक्रम आयोजना गरिएको भन्दै प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको हो । सो क्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x