द ब्रिटिश कलेजविरुद्ध फैलाइएका आरोप असत्य र भ्रामक : कलेज प्रशासन

19.7K
shares
Nabil bank

काठमाडौं। द ब्रिटिश कलेजले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत कलेजविरुद्ध फैलाइएका शोषण, मानव तस्करी र अन्य आरोपहरू पूर्ण रूपमा अस्वीकार गरेको छ। कलेजले ती आरोपहरू असत्य, आधारहीन र मानहानीपूर्ण भएको स्पष्ट पार्दै यथार्थपरक तथ्य सार्वजनिक गर्न प्रेस विज्ञप्ति जारी गरेको हो।

कलेजका अनुसार द ब्रिटिश कलेज नेपालका सम्बन्धित नियामक निकायको स्वीकृतिमा सञ्चालनमा रहेको प्रतिष्ठित शैक्षिक संस्था हो र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँगको औपचारिक सहकार्यमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। दुबईस्थित द वुलविच इन्स्टिच्युटसमेत त्यहाँको कानुनअनुसार स्वीकृत स्वतन्त्र शैक्षिक संस्था रहेको कलेजको दाबी छ।

प्रेस विज्ञप्तिमा Hospitality Management (HM) Foundation कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई दुबईमा Higher National Diploma (HND) अध्ययनको अवसर प्रदान गरिएको र HND पूरा गरेपछि दुबई, बेलायत वा अष्ट्रेलियाका साझेदार विश्वविद्यालयहरूमा Top-Up Bachelor’s Degree अध्ययन गर्न सकिने व्यवस्था रहेको उल्लेख छ।

कलेजले इन्टर्नसिपको अवसर उपलब्ध गराइने भए पनि त्यसको ग्यारेन्टी नहुने कुरा भर्ना अगावै विद्यार्थीहरूलाई स्पष्ट जानकारी गराइने गरेको जनाएको छ। दुबई जाने विद्यार्थीहरूका लागि प्रारम्भिक आवास तेस्रो पक्ष सेवा प्रदायकमार्फत अस्थायी रूपमा व्यवस्था गरिने र दीर्घकालीन आवास विद्यार्थीहरूले स्वयं व्यवस्थापन गर्नुपर्ने सामान्य अन्तर्राष्ट्रिय अभ्यासअनुसार रहेको कलेजको भनाइ छ।

कलेजका अनुसार करिब ५१ जना HM विद्यार्थीहरूमध्ये ९ जना विद्यार्थी व्यक्तिगत असन्तुष्टिका कारण तीन महिनापछि नेपाल फर्किएका थिए। उनीहरू फर्किएपछि कलेजले अभिभावक तथा विद्यार्थीहरूसँग औपचारिक परामर्श प्रक्रिया अघि बढाएको र छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको जनाएको छ।

तर समाधानको प्रयास भइरहेकै बेला केही बाह्य समूहले सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री सार्वजनिक गर्दै कलेजको शैक्षिक गतिविधि अवरुद्ध गर्ने प्रयास गरेको, कार्यालयमा तोडफोड तथा कर्मचारीमाथि दुर्व्यवहार भएको कलेजको दाबी छ। संवादका लागि पटक–पटक बोलाउँदा पनि अस्वीकार भएपछि कलेजले सुरक्षानिकायको सहयोग लिनुपरेको जनाएको छ।

कलेजले विद्यार्थीको हित, सुरक्षा र समग्र विकास आफ्नो प्रमुख प्राथमिकता रहेको दोहोर्‍याउँदै हाल कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको र पठनपाठन, मूल्याङ्कन तथा परीक्षा निर्धारित तालिकाअनुसार भइरहेको स्पष्ट गरेको छ। साथै, कलेजले अभिभावक र सरोकारवालालाई अपुष्ट तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x