नक्कली प्रमाणपत्र देखाएर जागिर खाएका असईविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

18.2K
shares
Nabil bank

काठमाडाै‌ं ।  नेपाल प्रहरीकाे एक  प्रहरी सहायक निरीक्षक(असई)ले नक्कली शैक्षिक याेग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आराेपमा अख्तियार दुरुप्रयाेग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकाे छ  ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा दरबन्दी भइ कल‌ंकीमा रहेका सेवानिवृत्त प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टले नक्कली शैक्षिक याेग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेर भ्रष्टाचार गरेको आराेपमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

 

भट्टले नक्कली शैक्षिक याेग्यताको प्रमाणपत्र पेश गरेरै प्रहरी जवानबाट सेवा प्रवेश गरी असईमा रिर्टायड भएर पेन्सन सुविधासमेत लिइरहेकाे खुल्न आएकाे अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताए ।

 

भट्टले प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा प्रयोजनका लागि भारतबाट ल्याएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी व्यक्तिगत फाइदा लिएकाले शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरी कारवाही  गर्न उजुरी परेकाे थियाे । साेही उजुरी अनुसन्धान गर्ने क्रममा भट्टले जवानमा प्रवेश गर्ने बखत नै नक्कली सर्टिफिकेट पेश गरी जागिर खाएकाे खुल्न आएकाे हाे ।

अनुसन्धानकाे क्रममा भट्टले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट जारी भएको देखिने NAME: CHAKAR DEB BHATT, ROLL NO. 660057, YEAR: 1991, SENIOR SCHOOL CERTIFICATE EXAMINATION, 1991 को MARKS STATEMENT र PROVISIONAL CERTIFICATE लगायतका शैक्षिक योग्यता झुट्टा रहेकाे पाइएकाे हाे ।

साेही झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्रहरी जवान पदमा २०५० साल चैत २० गते नियुक्ती लिई प्रहरी सहायक निरीक्षक पदसम्म पदोन्नति भई हाल नेपाल सरकारबाट निवृत्तभरण  लिइरहेका थिए ।

उनले निवृत्तभरण  हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसूर गरेको पुष्टि हुन आएको हुँदा उनकाे उक्त कार्य साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूर भएको हुँदा निजलाई साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२तथा दफा २९ को उपदफा (२) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई  मुद्दा दायर गरिएकाे सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x