उमेर हद नाघेकी शिक्षिकालाई नियुक्ति दिएको आरोपमा प्रधानाध्यापकसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

19.4K
shares
Nabil bank

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उमेर हद नाघेकी शिक्षिकालाई गैरकानुनी रूपमा नियुक्ति दिएको अभियोगमा काठमाडौँको टोखास्थित श्री मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र एक शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक वासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

माध्यमिक तहको शिक्षक पदमा नियुक्तिका लागि ४० वर्ष उमेर ननाघ्नुपर्ने कानुनी व्यवस्था भए पनि शिक्षिका पनेरुको उमेर सीमा नाघिसकेको अवस्थामा प्रधानाध्यापक अधिकारीसँगको मिलेमतोमा किर्ते कागजात तयार पारेर नियुक्ति लिएको/दिएको पाइएको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिकामा टिपेक्स लगाई सच्याउने, केरमेट गर्ने तथा थपघट गरी पुरानो मिति राखेर नक्कली निर्णय तयार पारेको खुलेको आयोगको विज्ञप्तिमा उल्लेख छ। बहालवाला शिक्षिकाको हकमा उमेर हद नलाग्ने प्रावधानको दुरुपयोग गर्न गलत लिखत तयार पारिएको पनि अख्तियारको भनाइ छ।

आयोगले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कसुर ठहर गर्दै कैद र जरिवानाको मागदाबी गरेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x