पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने विशेष अदालतको आदेश

21.4K
shares
Nabil bank

काठमाडौं । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ ।

पोखरास्थित लिचिबारी जग्गा भ्रष्टाचार प्रकरणमा संलग्न रहेको अभियोगमा विशेष अदालतले गुप्तालाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउन आदेश गरेको हो ।विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित इजलासले बुधबार उक्त आदेश जारी गरेको हो ।

अदालतको आदेशअनुसार प्रस्तुत प्रमाण, बयान तथा प्रारम्भिक सुनुवाइबाट गुप्ताविरुद्ध गम्भीर प्रकृतिको आरोप पुष्टि हुने आधार देखिएको जनाउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आवश्यक रहेको ठहर गरिएको छ ।

लिचिबारी जग्गा प्रकरणमा सरकारी जग्गा अनियमित रूपमा हिनामिना गरिएको, व्यक्तिको नाममा नामसारी तथा बिक्री वितरण गराइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तासहित अन्य प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको थियो ।

अदालतको आदेशसँगै पूर्वमन्त्री गुप्तालाई कारागार चलान गरिने प्रक्रिया अघि बढाइएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x