कल बाइपास सञ्चालन गर्ने युवक पक्राउ

18.4K
shares
Nabil bank

काठमाडौं । गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा काठमाडौँको ज्ञानेश्वरबाट झापा घर भएका राजन राजवंशीलाई आज पक्राउ गरेको हो।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वरस्थित सलिना राईले सञ्चालन गरेको एक कम्पनीमा इन्टरनेट प्रयोग गरी अन्तर्राष्ट्रिय कल बाइपास गरिँदै आएको पाइएको छ।

कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरणसहित पक्राउ परेका राजवंशीमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार अभियुक्तको साथबाट विभिन्न कम्पनीका राउटर, एडप्टर, कम्प्युटर, युपिएस लगायतका उपकरण बरामद गरिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x