दक्षिणी क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प, राजधानीसम्म कम्पन महसुस

21.9K
shares
Nabil bank

काठमाडौँ । मेक्सिकोको दक्षिणी क्षेत्रमा शुक्रबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी मेक्सिको सिटीसहित विभिन्न राज्यमा कम्पन महसुस गरिएको छ।

स्थानीय समयअनुसार बिहान ७ः५८ बजे गएको भूकम्पको केन्द्रबिन्दु दक्षिणी राज्य गुरेरोको सान मार्कोस क्षेत्रबाट करिब १५ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाइएको छ। भूकम्पको गहिराइ जमिनबाट करिब १० किलोमिटर मापन गरिएको छ।

भूकम्पको धक्का राजधानी मेक्सिको सिटीमा समेत स्पष्ट रूपमा महसुस भएको थियो। सहरमा भूकम्पको कम्पन महसुस हुनुभन्दा केही सेकेन्डअघि नै लाउडस्पिकरमार्फत भूकम्पीय चेतावनी प्रसारण गरिएको थियो, जसका कारण नागरिकहरू समयमै सतर्क भएका थिए।

भूकम्पको प्रभाव गुरेरोका साथै सोनोरा, बाजा क्यालिफोर्निया र ओक्साका राज्यसम्म पुगेको जनाइएको छ। भूकम्पपछि पराकम्पन आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका नागरिकहरू सतर्क बनेका छन्। सहरी क्षेत्रका हजारौँ बासिन्दा घरबाहिर निस्केर खुला स्थानमा भेला भई आफन्त तथा नजिकका व्यक्तिहरूको अवस्था बुझिरहेका थिए।

हालसम्म भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायहरूले सम्भावित क्षतिको मूल्यांकन तथा निगरानी कार्य जारी राखेको जनाएका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x