नेपाली काङ्ग्रेस नै किन ?

2.1K
shares

हरेक मानिस स्वभावले फरक- फरक प्रवृत्तिका हुन्छन् । कोही आफ्नो लागि बाँच्छन् त कोही देशका लागि, जीवनयापन गर्ने क्रममा मान्छेले एउटा गति पछ्याउँदै जान्छ, त्यो उसको निजी कुरा हो । यदि कसैलाई कुनै पार्टीको विचार, सिद्धान्त मन पर्छ भने त्यो स्वभाविक हो, ऊ त्यसैलाई पछ्याउँछ ।

 

नेपाली काङ्‌ग्रेस मुलुककै सबैभन्दा ठुलो समाजवादी लोकतान्त्रिक राजनीतिक दल हो। यो दलको स्थापना २००६ साल चैत्र २७ गते राष्ट्रिय काङ्‌ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्‌ग्रेस एकीकरण भएको थियो । क्रियाशील सदस्य सङ्ख्या  करिब १० लाख भएको अनुमान गरिन्छ।

 

जहाँनियाँ राणा शासनको अन्य गर्न त्यती सजिलो थिएन । चारजना शहिदले आफ्नो ज्यानको बलिदान दिएका थिए। राणाहरूले जब उनीहरुलाई तड्पाइतड्पाइ मार्यो तब भित्र भित्र आमजनमानसमा राणाहरुको विरुद्ध एक किसिमको आक्रोश पैदा भयो र त्यसको अन्त्य गरिनुपर्छ भन्ने एक किसिमको बौद्धिक लहर बढेको थियो । मान्छेहरू बाहिर खुलेर बोल्न सक्दैन्थे तर अन्यायका विरुद्ध लड्नको लागि एक नायकको खाँचो थियो। जुन तत्कालीन समयमा जननायक वीपी कोइरालाले त्यसको नेतृत्व लिएका थिए । कोइरालाले भारतमा निर्वासित जीवन बिताएका बेला २००३ साल असोज १६ गते तद्‌नुसार २ अक्टोबर १९४६ मा भारतको पटनाबाट प्रकाशित हुने ‘द सर्च लाइट’ पत्रिकामार्फत भारतमा रहेका नेपा‌लीहरूलाई एक ठाउँमा सङ्‌गठित गर्ने उद्देश्यले नेपालीको अखिल भारतीय संगठन निर्माणका निम्ति गरेको खुला आह्वानबाट जन्म भएको थियो। वीपीको सक्रियतामा २००३ साल कार्तिक १५ गते  तदनुसार ३१ अक्टोबर १९४६ मा ‘अखिल भारतीय नेपाली राष्ट्रि‌य काङ्ग्रेस’  नामक संस्था स्थापना भएको थियो ।

 

उनका पिता कृष्णप्रसादका समकालीन देवीप्रसाद सापकोटाको सभापतित्वमा औपचारिक रूपमा संस्था जन्मिएको थियो । त्यसपछि २००४ सालमा बनारसमा र २००५ सालमा भारतको दरभंगामा राष्ट्रिय काङग्रेसको महाधिवेशन भएको थियो। राणा विरोधी भनिएका कोइराला तत्कालीन समयमा पक्राउ परी बन्दी भएका थिए । उनी बन्दी भई थुनामा रहदा डिल्लीरमण रेग्मी र मातृ‌काप्रसादलाई २००४ र २००५ का महाधिवेशनले पार्टी सभापति चयन गर्यो ।

 

वीपी जेलमुक्त भएपछि उनले आँफूनै सभापति रहेको दाबी गर्दा  नेपाली राष्ट्रिय पार्टी काङ्‌ग्रेस दुई भागमा विभाजन  हुँन पुग्यो। जसमा रेग्मी र कोइराला पक्षधर रहन पुग्यो। काङ्‌ग्रेस पार्टीमा किँचलो बढे पछि तानाशाहहरू मजबुत हुँन थाले । त्यसपछि दुवै पार्टी एक हुने निर्णय गरे । २००६ सालमा पार्टी एकता भई “नेपाली काङ्‌ग्रेस’ भएर जन्मियो त्यसपछि राणाहरु काड्‌ग्रेससँग डराएका थिए ।

 

नेपाली काङ्‌‌ग्रेस‌का सभापतिहरु‌मा

मातृकाप्रसाद कोइराला

विश्वेश्वरप्रसाद कोइराला

सुवर्ण शमशेर राणा

कृष्णप्रसाद भट्टराई

गिरिजाप्रसाद कोइराला

सुशील कोइराला

शेरबहादुर देउवा क्रमशः रहे ।

 

नेपाली काङ्‌ग्रेसका भातृ सङ्‌गठनहरूमा

नेपाल महिला सङ्घ

नेपाल तरुण दल

नेपाल विद्यार्थी सङ्घ

नेपाल प्रजातन्त्र सेनानी सङ्घ

नेपाल किसान सङ्घ

नेपाल दलित सङ्घ

नेपाल भूतपूर्व सैनिक सङ्घ

नेपाल आदिवासी जनजाति सङ्घ

नेपाल लोकतान्त्रिक अपाङ्‌ग सङ्घ

नेपाल मुस्लिम सङ्घ

नेपाल तामाङ सङ्घ

नेपाल राष्ट्रिय  मगर सङ्‌‌घ

नेपाल ठाकुर समाज रहेका छन्

 

विश्वको राजनीति र विशेषगरी दक्षिण एसियामा देखा परेको उथलपुथलको कारण यसबाट उत्पन्न हुन सक्ने परिस्थितिलाई मध्येनजर गर्दै वीपीले राष्ट्रिय अस्तित्व माथि नै गम्भीर प्रश्न चिन्ह उठ्न सक्ने खतरा देखी २०३३ साल पौष १६‌ गते राष्ट्रिय एकता र मेलमिलापको नीति आह्वान गरेका थिए

 

नेपाली काङ्‌ग्रेसका मुख्य सिद्धान्त राष्ट्रि‌यता, प्रजातन्त्र र समाजवाद हुन्, जुन पार्टीको आदर्श मानिन्छ र यसको उद्देश्य बहुदलीय, संघीय, लोकतान्त्रिक गणतन्त्रमा आधारित न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्नु हो

 

वीपी  सादा जीवन उच्च विचार राख्ने नेपाली काङ्‌ग्रेसका महानायक मानिन्छन्, रत आज पनि आमजनमानस एवम् नेपाली काङ्‌ग्रेस पार्टीको मार्गदर्शक एवम् अग्रज  रहेका छन् । उनको विचार, सिद्धान्त आजपनि उत्तिकै महत्त्वपूर्ण रहेका छन्। नेपाली काङ्‌ग्रेस सिङ्‌गो पार्टीले यदि कसैको नाम लिन्छ त त्यो हो वीपीको,आखिर किन ? स्वार्थ भन्दा माथि सेवा भावले प्रेरित, सबैका मन‌सपटलमा यसरी बसेका छन् कि एकपटक आफैँले आफैँलाई प्रश्न गरौँ । भनिन्छ, “कर्मचारीले  एक जोर नयाँ जुत्ता किन्दा तलब नबुझी कहाँबाट पैसा पाइस् र किनिस् भनेर प्रश्न गर्ने, विपी  थिए ?”

 

२००७ सालको ऐतिहासिक जनक्रान्ति होस्, २०१७ सालको कठिन परिस्थिति होस्,  २०३६ सालको जनमत सङ्ग्रह होस्, २०४६ सालको आन्दोलन होस् वा २०६२/०६३ को संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सहित शान्तिपूर्ण जनआन्दोलन होस्  त्यसबेला  नेपाली काङ्‌ग्रेसले अग्रणी  भूमिका निर्वाह गरेको पाइन्छ । देशमा आउँने विषम परिस्थितिमा कतिपनि विचलित नभई शान्तिपूर्ण मार्ग निर्देश गर्न महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ।

 

मुलुकमा चलेको माओवादी सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति स्थापनका लागि काङ्‌ग्रेसले १२ बुँदे सम्झौता गरी माओवादीलाई राजनीतिक मूलधार‌मा ल्याई देशलाई  द्वन्द्वबाट मुक्त पार्न सफल भएको थियो । फलस्वरूप २०६४ सालको संविधान सभाको निर्वाचन त्यसको प्रतिफल भएको मानिन्छ ।

 

साम्राज्यवादी सत्ता हल्लाएको पार्टी नेपाली काङ्ग्रेस के सानो छ  ? पक्कै पनि छैन एकले अर्कोको विचार सुनौ, मपाईत्वको भावना त्यागौँ।  एकआपसमा सम्मानको नजरले हेरौं। वृद्धि, तर्क, क्षमतालाई स्थान दिन जान्यौँ भने हिरा खोज्न बाहिर भौतारिनु पर्दैन । सिङ्‌गो पार्टी भित्र यस्ता प्रतिभाशाली व्यक्ति छन्, जसले हरेक विषम परिस्थितिको पनि  धारा मोड्न सक्छन्। नेपाली काङ्‌ग्रेसले पूर्ण रुपमा राष्ट्रिय एकता, भाइचार, निष्पक्षयता, इमान्दारितालाई अझ बढी निखार्नु पर्ने देखिन्छ । जसरी एउटा भुत्ते खुकुरीलाई बेला बेलामा अर्जाप्नु पर्छ । हो, त्यसैगरी  पार्टीभित्र रहेका वैमनस्यता, मतभेदलाई हटायौँ भने यो एउटा दिगो रुपमा हिमाल झै अटल रहन सक्छ।

 

आजको समस्या काङ्‌ग्रेसका तथाकथित व्यक्तिले पार्टीलाई आफ्नै बाउको पेवा हो जस्तो व्यवहार देखाउँदा वितृष्णा पैदा भएको पाइन्छ । क्षणिक सोचले गर्दा आज आन्तरिक रूपमा काङ्‌ग्रेस नै काङ्ग्रेसको प्रतिद्धन्दी वा विपक्षमा खडा भएका प्रशस्त उदाहरण हामी सामु छन् ।  यस्तो समस्या किन आयो ?  पार्टीले नेतृत्व  चयन गर्दा विचार गरिनुपर्छ र दुरदर्शिता अपनाउनुपर्छ। तथाकथित व्यक्तिले गर्दा सिङगो पार्टी बदनाम हुनुहुदैन यस्मा सम्बन्धित शीर्ष नेतागणहरूको ध्यान जानु आवश्यक देखिन्छ ।

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals