कछुअवा पुलमा मोटरसाइकल दुर्घटना : एक भारतीय नागरिकको मृत्यु, अर्का गम्भीर घाइते

12.9K
shares
Nabil bank

 

 

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित कछुअवा पुलमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

 

गौर–गंगापिपरा सडक खण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तल खस्दा दुर्घटना भएको हो।

 

दुर्घटनामा परी मृत्यु हुनेमा भारत बिहार राज्य, शिवहर जिल्लास्थित पिपराढी थाना अन्तर्गत महनपुर गाउँका मिन्टु पासवान रहेको पहिचान खुलेको छ। उनीहरूले मोबाइलमा परिवारजनले फोन गरेपछि प्रहरीले मृतकको पहिचान पुष्टि गरेको हो ।

 

सोही दुर्घटनामा परेर सोही गाउँका राजेश पासवान गम्भीर घाइते भएका छन्। घाइते राजेशको प्रादेशिक अस्पताल गौरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।

 

प्रहरीका अनुसार अत्यधिक तीव्र गति र चालकले मदिरा सेवन गरेका कारण मोटरसाइकल अनियन्त्रित भई पुलबाट तल खसेको अनुमान गरिएको छ।

 

दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गंगापिपरामा राखिएको छ भने घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x