फेक रेस्क्यू गरेर करोडौँ असुल्ने पक्राउ 

13.5K
shares
Nabil bank

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल, प्रवन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्ड र सञ्चालक एवं प्रवन्धक सुभाष केसी पक्राउ गरी थप अनुसन्धान सुरू गरेको छ । फेक रेक्स्युको आरोपमा उनीहरु पक्राउ परेका छन् ।

 

सीआईबीका अनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १ हजार २ सय ४८ जनामध्ये १ सय ७१ जनाको फेक रेस्क्यू गरेको अनुसन्धानबाट खुलेको छ । योबाट उसले १० करोड बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ ।

त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिले ४ सय ७१ जना रेस्क्यू गर्दा ७५ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । उनीहरूले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानमा खुलको छ ।

 

त्यस्तै एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्कयू गरेको पाइएको हो । उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको पाइएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x