विद्यार्थी बोकेको बसका चालक नशामा: प्रहरीको कडाइ

12.8K
shares
Nabil bank

काठमाडौँ । नेपाल प्रहरी ले कास्की जिल्ला मा विद्यालय बस सञ्चालन गर्ने पाँच जना चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा नियन्त्रणमा लिएको छ।

स्थानीय सुरक्षा निकायका अनुसार विद्यार्थी बोकेको बसका चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाएको गुनासो आएपछि विशेष निगरानी र चेकजाँच अभियान सञ्चालन गरिएको थियो। सोही क्रममा पाँच चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा पर्ने चालकहरूमा आनन्द परियार (माउन्ट हेभन बोर्डिङ स्कुल), गौतम गुरुङ (कुमुदिनी होम्स बोर्डिङ), भक्त बहादुर गुरुङ (विन्देश्वरी स्कुल), डम्बरबहादुर गुरुङ (अंजली बोर्डिङ) र पदम विक (एसओएस बोर्डिङ) रहेका छन्।

प्रहरीले उनीहरूमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। विद्यालय बस जस्तो संवेदनशील सेवामा संलग्न चालकहरूले मादक पदार्थ सेवन गर्नु गम्भीर लापरबाही भएको भन्दै प्रहरीले आगामी दिनमा पनि कडाइका साथ अनुगमन जारी राख्ने बताएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x