दुर्गा प्रसाईँ पुनः पक्राउ

1.5K
shares

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ लाई प्रहरीले पुनः पक्राउ गरेको छ।

नेपाल प्रहरी का अनुसार उनलाई सोमबार भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। निर्वाचन सम्बन्धी पत्राचारका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

पक्राउपछि प्रसाईँलाई परिसरको हिरासतमा राखिएको छ भने भद्रकालीस्थित प्रहरी कार्यालयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यसअघि पनि उनलाई माघ २३ गते पक्राउ गरिएको थियो। सो प्रकरणमा हाजिर जमानीमा रिहा भएपछि पुनः नियन्त्रणमा लिइएको हो।

civil hospital
Hams Hospitals