प्रस्तावित समानुपातिक सांसददेखि राजस्वमारा व्यवसायी राजस्व अनुसन्धानको राडारमा

19.1K
shares
Nabil bank

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजनीतिक दलका समानुपातिक सूचीमा रहेका व्यक्तिदेखि राजस्व छलीमा संलग्न व्यवसायीहरूसम्मको गतिविधि सूक्ष्म निगरानीमा राखेको छ । विभाग स्रोतका अनुसार विभिन्न दलका बन्द समानुपातिक सूचीमा रहेका केही व्यक्तिसँग सम्बन्धित अवैध सामान र कारोबारबारे गोप्य अनुसन्धान अघि बढाइएको छ ।

 

स्रोतका अनुसार अनुसन्धानको दायरामा परेका केही व्यक्तिको नाम सार्वजनिक नभए पनि उनीहरू दलका प्रभावशाली सूचीमा रहेको दाबी गरिएको छ । अनुसन्धानका क्रममा ती व्यक्तिसँग सम्बन्धित अवैध आयात, कर छली तथा शंकास्पद वित्तीय कारोबारको कागजात संकलन गरिएको बताइएको छ । यस विषयमा सम्बन्धित राजनीतिक दलहरूबाट प्रत्यक्ष–अप्रत्यक्ष दबाब आएको सूचना समेत विभाग स्रोतले पुष्टि गरेको छ ।

 

यसैबीच, नक्कली कागजातका आधारमा कम्पनी सञ्चालन गर्दै आइपीओ जारी गर्न लागेको एक कम्पनीमाथि राजस्व अनुसन्धान कार्यालयले छापा मारेको थियो । कारबाहीका क्रममा बरामद गरिएका सम्पूर्ण डकुमेन्ट र कागजपत्र सरकारी कागजातजस्तै देखिए पनि अनुसन्धानबाट ती पूर्ण रूपमा नक्कली रहेको पुष्टि भएको जनाइएको छ ।

उक्त कम्पनीले सरकारी निकायबाट स्वीकृति पाएजस्तो देखिने कागजात तयार गरी ठूलो आर्थिक कारोबार सञ्चालन गर्दै आइपीओ निष्कासनको तयारी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विभागले सम्बन्धित व्यक्तिहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा समानुपातिकतर्फका एक उम्मेदवारसमेत अनुसन्धानको घेरामा परेका छन् । उनी सांसद बन्ने लगभग सुनिश्चित अवस्थामा रहेको दाबी गरिए पनि उनको नाममा ठूलो परिमाणमा सामान जफत गरिएको तथ्य खुलेको छ । स्रोतका अनुसार ती नेताले ‘निर्वाचनसम्म समय दिनुहोस्, चुनाव सकिएलगत्तै उपस्थित भई जरिवाना तिर्छु’ भन्ने आग्रह गरेका छन् । साथै, विषय सार्वजनिक नगर्न समेत दबाब दिएको बुझिएको छ ।

 

विभाग उच्च स्रोतका अनुसार चुनावअघि वा लगत्तै ‘ठूला माछा’ समात्ने तयारी भइरहेको छ । अहिले नै विवरण सार्वजनिक गरिएमा शक्ति केन्द्रमार्फत अनुसन्धान प्रभावित पार्ने प्रयास हुन सक्ने भएकाले गोप्य रूपमा प्रमाण संकलन भइरहेको जनाइएको छ ।

राजस्व छली, नक्कली कागजात र राजनीतिक संरक्षणबीचको सम्भावित साँठगाँठले राज्य संयन्त्रप्रति प्रश्न उठेको छ । यद्यपि विभाग भने कानुनसम्मत प्रक्रिया अघि बढाउँदै छ र ठूला सफलता हात पार्नेमा विश्वस्त देखिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x