सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा गम्भीर अनियमितता प्रकरणमा अख्तियारको मुद्दा दायर

17.8K
shares
Nabil bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा व्यापक अनियमितता, गलत लिखित परीक्षा परिणाम फेरबदल तथा अवैध रूपमा राजस्व संकलन गरिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज तथा बैंकिङ संस्थाका कर्मचारीहरूबीचको मिलेमतोमा सेवाग्राहीबाट रकम असुल गरी लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा हेरफेर गरिएको प्रमाण भेटिएको छ।

यस प्रकरणमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीहरू IME र Khalti मार्फत अवैध रकम लेनदेन गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अख्तियारले कार्यालय प्रमुख, शाखा अधिकृत, कम्प्युटर अपरेटरसहित सम्बन्धित बैंक तथा सेवा प्रदायकका कर्मचारीमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको जनाएको छ।

आयोगका प्रवक्ताका अनुसार, “लाइसेन्स जस्तो संवेदनशील सार्वजनिक सेवामा परीक्षा परिणाम फेरबदल गरी नागरिकको अधिकारमाथि खेलवाड गर्नु गम्भीर अपराध हो।”

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x