मनकामनाबाट फर्किएको माइक्रो दुर्घटना : ७ भारतीय नागरिकको मृत्यु
वि.सं.२०८२ फागुन ३० शनिवार
11K
shares
shares
गोरखा, २९ फागुन । मनकामना मन्दिर दर्शन गरेर फर्किरहेको एक माइक्रोबस दुर्घटनामा पर्दा ७ जना भारतीय नागरिकको निधन भएको छ।
बागमती प्रदेश–००६ ख ८४३० नम्बरको इभिमाइक्रो गोरखा–मनकामना–रामशाहाघाट सडकखण्ड अन्तर्गत शहीद लखन गाउँपालिका–३, कन्टारमा शनिवार बेलुका करिब ८:१५ बजे दुर्घटनामा परेको हो।
प्राप्त प्रारम्भिक जानकारी अनुसार माइक्रोमा १४ जना सवार रहेका थिए। तीमध्ये ७ जना भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको खबर प्राप्त भएको छ। अन्य घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालतर्फ पठाइएको बताइएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने मृतक र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ।
Subscribe
0 Comments
Oldest
































