चैतमा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, औसत व्यक्तिगत ४.४९ प्रतिशतमा

966
shares

काठमाडौँ । नेपालका वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। आजदेखि लागू हुने गरी प्रकाशित ब्याजदर अनुसार फागुन महिनाको तुलनामा औसत ब्याजदर केही घटेको देखिएको छ।

सार्वजनिक विवरण अनुसार चैत महिनामा व्यक्तिगत निक्षेपतर्फ औसत ब्याजदर ४.४९ प्रतिशत कायम भएको छ भने संस्थागत निक्षेपतर्फ ३.२९ प्रतिशत रहेको छ। फागुन महिनामा भने व्यक्तिगत निक्षेपमा ४.५६ प्रतिशत र संस्थागततर्फ ३.३३ प्रतिशत ब्याजदर रहेको थियो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

ब्याजदर घटाउने बैंकहरूमा

नेपाल बैंक लिमिटेड

कुमारी बैंक लिमिटेड

प्राइम कमर्सियल बैंक लिमिटेड

कृषि विकास बैंक लिमिटेड

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड

ग्लोबल बैंक लिमिटेड

रहेका छन्।

अन्य १४ वाणिज्य बैंकले भने फागुन महिनामा लागू गरेको ब्याजदरलाई नै चैत महिनामा पनि कायम राखेका छन्।

बैंकहरूको ब्याजदर घटेसँगै निक्षेपकर्ताले पाउने प्रतिफल केही कम हुने भए पनि ऋणको लागत भने क्रमशः घट्ने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals