नेप्सेमा गिरावट, २६ अंकले घटेर २,७९८ बिन्दुमा बजार बन्द

939
shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको परिसूचक नेप्से आजको कारोबारमा घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २६.०७ अंक (०.९२ प्रतिशत) ले घट्दै २,७९८.८३ बिन्दुमा पुगेर बजार बन्द भएको हो।

आजको कारोबारमा बजारमा उल्लेख्य रकमको कारोबार भए पनि समग्र सूचकमा गिरावट देखिएको छ। नेप्असेका अनुसार आज कुल ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबार अवधिमा ३० लाख ७९ हजार २११ कित्ता शेयर किनबेच भएका छन्। दिनभर बजारमा उतार–चढाव देखिए पनि अन्तिम समयमा बजार सामान्य रूपमा घटेर बन्द भएको हो।

आजको बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ। तथ्यांकअनुसार ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको छ। त्यस्तै ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

विश्लेषकहरूका अनुसार बजारमा ठूलो कारोबार रकम देखिए पनि बिक्री दबाब बढी हुँदा समग्र परिसूचकमा गिरावट आएको हो। पछिल्ला दिनमा लगानीकर्ताहरू नाफा सुरक्षित गर्ने प्रवृत्तिका कारण पनि बजारमा उतार–चढाव देखिएको बताइन्छ।

civil hospital
Hams Hospitals