उषा खड्गी को जाहेरीमा पूर्वश्रीमान् तिमल्सिना पक्राउ
वि.सं.२०८२ चैत २४ मंगलवार
shares
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गी ले दिएको जाहेरीका आधारमा उनका पूर्वश्रीमान् जिपी तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उषाले आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि उक्त जाहेरी दर्ता गरी प्रहरीले हिजो पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि जिपी तिमल्सिना आज बिहान स्वयं प्रहरीमा उपस्थित भएका थिए।
उनी हाल भक्तपुर प्रहरी परिसरको हिरासतमा राखिएका छन्। प्रहरीका अनुसार आजको रात हिरासतमा राखेर भोलि छाड्ने तयारी गरिएको छ।
भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी प्रकाश जवेगु ले घटनाको पुष्टि गर्दै भने,
“पूर्वपत्नीले जाहेरी दिनुभएको थियो, त्यसका आधारमा आज उहाँलाई हिरासतमा राखेका छौं।”
प्रहरीले विवाद समाधानका लागि दुवै पक्षबीच छलफल गराउने प्रयास गरेको थियो। तर उक्त प्रयास सफल हुन सकेन। प्रहरीको बोलावटमा उषा खड्गी भने उपस्थित नभएको बताइएको छ।
यसैबीच, जिपी तिमल्सिनाकी हालकी पत्नी सविना अधिकारी पनि जिल्ला प्रहरी परिसरमा पुगेकी छन्। उनले भने श्रीमान् पक्राउ नपरेको दाबी गर्दै आफूहरू छलफलका लागि आएको तर उषा उपस्थित नभएका कारण दिनभरि त्यहीँ बस्नुपरेको बताएकी छन्।




























