skip this Content block

वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

19K
shares
Nabil bank

काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुससहित पक्राउ परेका छन्।

वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगारीसम्बन्धी मुद्दा मिलाइदिने बहानामा घुस माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको थियो।

आयोगको टोलीले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

त्यसपछि कार्यालय परिसरभित्रै गरिएको खानतलासीमा थप नगदसमेत बरामद भएको छ।

कार्यालय परिसरभित्रको शौचालयबाट १५ हजार रुपैयाँ र उनको साथबाट स्रोत नखुलेको ७७ हजार ६ सय रुपैयाँ फेला परेको थियो।

नगद र मोबाइल फोनसहित मस्राङ्गीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x