नेप्से परिसूचक ४.१८ अंकले घटेर २,८३३.६० बिन्दुमा बन्द, ८ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार
वि.सं.२०८२ चैत ३० सोमवार
891
shares
shares
काठमाडौँ । नेप्से परिसूचक आजको कारोबारमा सामान्य गिरावट देखिएको छ। परिसूचक ४.१८ अंकले घटेर २,८३३.६० विन्दुमा बन्द भएको हो, जुन ०.१४ प्रतिशतको गिरावट हो।
दिनभरको कारोबारमा बजार केही उतार–चढावका बीच अघि बढेको देखिएको थियो। कुल कारोबार रकम करिब ८ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने २ करोड १ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।
आजको बजारमा १०५ कम्पनीका शेयर मूल्य बढेका छन् भने १५३ कम्पनी घटेका छन्। १२ कम्पनीको मूल्य स्थिर रहेको तथ्यांकले देखाउँछ। बजार अन्ततः सामान्य दबाबसहित बन्द भएको हो।























