डोरम्याट टक्टकाएर धुलो उडाएको आरोपमा २५ हजार जरिवाना

474
shares

काठमाडौँ । दरबारमार्ग क्षेत्रमा सडकमा डोरम्याट टक्टकाएर धुलो उडाई प्रदूषण गरेको आरोपमा काठमाडौँ महानगरपालिकाले एक व्यक्तिलाई कारबाही गरेको छ।

 

महानगरका अनुसार पंकज कुमारले सार्वजनिक स्थानमा धुलो उडाएर वातावरण प्रदूषण गर्नुका साथै सडक यात्रुहरूलाई असुविधा हुने कार्य गरेपछि कारबाही गरिएको हो।

 

महानगरका एक कर्मचारीका अनुसार उनलाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको छ। कारबाहीपछि भविष्यमा यस्ता गतिविधि नगर्ने सर्तमा उनलाई छोडिएको पनि जनाइएको छ।

 

महानगरपालिकाले यस्ता गतिविधिले वातावरण प्रदूषण हुनुका साथै सर्वसाधारणको स्वास्थ्यमा समेत असर पार्ने भएकाले सार्वजनिक स्थानमा यस्ता कार्य नगर्न सबैलाई आग्रह गरेको छ।

civil hospital
Hams Hospitals