भारतीय राशनकार्डधारी तामाङ्गद्वारा चीनको सीमावर्ती जलविद्युत् परियोजनाविरुद्ध आन्दोलन

555
shares

 

काठमाडौँ ।चीन सीमाक्षेत्र नजिक सिन्धुपाल्चोकको बाह्रबिसे आसपास निर्माणाधीन जलविद्युत् परियोजनाविरुद्ध एक नेपाली मूलका भारतीय नागरिक सक्रिय भएका छन् । स्थानीयका अनुसार उनी नाका नजिक पनि शंकास्पद गतिबिधिमा भेटिन्छन् । बाह्रबिसे नगरपालिका क्षेत्र पुख्र्यौली थलो भएका सन्तकुमार तामाङ्ग हाल भारतको मनाली–कुल्लु क्षेत्रमा बसोबास गर्दै आएका छन् । लामो समयदेखि त्यहाँ बसोवास गर्ने सन्तकुमार भारतको मनालीमा मतदान गर्न पाउनु पर्ने भन्दै आन्दोलनमा पनि थिए ।

भारतीय राशनकार्डधारी तामाङ्गले उक्त क्षेत्रमा सञ्चालनमा रहेका परियोजनाहरू बन्द गरिनुपर्ने माग गर्दै विभिन्न माध्यमबाट विरोध जनाउँदै आएका छन् । सामाजिक सञ्जालमार्फत पनि उनले परियोजनाविरुद्ध प्रचार–प्रसार गरिरहेको स्थानीयले बताएका छन् ।

स्थानीय स्रोतका अनुसार तामाङ्गमाथि परियोजनासँग आर्थिक ‘बार्गेनिङ’ गरेको आरोपसमेत लागेको छ । “आर्थिक सहमति भए चुप लाग्ने, नभए निरन्तर विरोध गर्ने” शैलीमा उनी सक्रिय रहेको बताईन्छ । केही स्थानीयलाई आर्थिक लोभमा उनको योजनामा सामेल गरेका छन् । उनी भारतीय ७०१८९२६३५८ को फोन नम्वरवाट गतिबिधि गरिरहेका छन् ।

सामाजिक सञ्जालमा आधारहीन आरोपसहित सामग्री प्रकाशन गरिएको भन्दै केही स्थानीयले प्रहरीमा जानकारी गराइसकेका छन् । तामाङ्ग भारतस्थित एक कम्युनिटी डेभलपमेन्ट सोसाइटीका संस्थापक सदस्य तथा महासचिव रहेको बताइन्छ । उनको फेसवुकमा त्यही प्रकारको परिचय राखेका छन् । उनको फेसवुकमा बिवादित दलाई लामा समर्थन गरेको पोष्टरहरु पनि भेटिन्छ ।

यसैबीच, उनको गतिविधि शंकास्पद रहेको भन्दै सम्बन्धित निकायमार्फत भारतका सुरक्षा निकायसँग समेत समन्वय गर्नुपर्ने माग उठेको छ । स्थानीयका अनुसार नेपालमा स्थायी आम्दानीको स्रोत नदेखिए पनि उनले परियोजनाविरुद्ध अभियानमा ठूलो खर्च गरिरहेको विषयले पनि थप शंका उत्पन्न गरेको छ ।

civil hospital
Hams Hospitals