नबिल बैंकका दुई शाखा बन्द हुने

237
shares

काठमाडौं। नबिल बैंकले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका तीनमध्ये दुई शाखा समायोजन गर्ने भएको छ।

बैंकले नयाँ बानेश्वर, बिजुलीबजार र शंखमूलमा रहेका शाखामध्ये बिजुलीबजार र शंखमूल शाखा बन्द गर्दै सेवा नयाँ बानेश्वर शाखाबाट मात्र सञ्चालन गर्ने भएको हो।

बैंकले आइतबार सूचना जारी गर्दै वैशाख २१ गतेदेखि बिजुलीबजार र शंखमूल शाखाबाट हुने सम्पूर्ण बैंकिङ सेवा बन्द हुने र ती शाखाका सबै सेवा नयाँ बानेश्वर शाखामा सारिने जानकारी दिएको हो।

ती शाखामा रहेका ग्राहकका खाता तथा लकर सेवा पनि नयाँ बानेश्वर शाखामै स्थानान्तरण गरिने बैंकले बताएको छ।

civil hospital
Hams Hospitals