सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त
वि.सं.२०८३ वैशाख १५ मंगलवार
273
shares
shares
काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह–सचिव निर्मल ढकाललाई दिएको छ। मन्त्रालयको निर्णयअनुसार उनलाई विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारी प्रदान गरिएको हो।
ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिए। विभागभित्र लामो समयदेखि काम गर्दै आएका उनी अनुभव र कार्यसम्पादनका आधारमा नेतृत्वमा पुगेका हुन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अवैध आम्दानी, वित्तीय अपराध तथा गैरकानुनी सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिको अनुसन्धान गर्ने प्रमुख निकायका रूपमा काम गर्दै आएको छ। नयाँ नेतृत्वसँगै विभागको कार्यक्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।





























