बेहोसीमै अस्पताल पुगिन् उपसभामुख

576
shares

 

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएकी छिन् ।अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

 

‘हिजो राति ज्वरो आएको थियो । बिहान अस्पताल आइपुग्दा उहाँको सुगर लेबल एकदमै कम थियो,’ अस्पताल स्रोतले भन्यो, ‘ बेहोसी अवस्थामा हुनुहुन्थो । अहिले होस आएको छ ।’प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पतालले जनाएको छ । अहिले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार प्रक्रिया अघि बढाइएको छ ।स्वास्थ्यमा देखिएको समस्याको यकिन कारण पत्ता लगाउन अन्य परीक्षण पनि भइरहेको छ ।‘थप परीक्षण गरिरहेका छौं । अहिले भर्ना नै गरेर उपचार भइरहेको छ,’ ती अधिकारीले भने

civil hospital
Hams Hospitals