टोखा नगरपालिकाले पनि सार्वजनिक जग्गा खाली गर्ने
वि.सं.२०८३ वैशाख १६ बुधवार
306
shares
shares
काठमाडौं ।टोखा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सम्बन्धित पक्षलाई १५ दिनको समय दिएको छ।नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनामा नदी किनार, करिडोर तथा अन्य सार्वजनिक जग्गामा अनधिकृत रूपमा बनाइएका निजी संरचनाहरू स्वेच्छाले हटाउन आग्रह गरिएको छ। सूचनाअनुसार तोकिएको समयसीमाभित्र संरचना नहटाइएमा प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनमा सहयोग गर्न सबै सरोकारवालालाई अनुरोध समेत गरेको छ। उक्त निर्णय २०८३ साल मिति अनुसार नगर कार्यपालिकाको निर्णयपछि कार्यान्वयनमा ल्याइएको जनाइएको ।






























