लघुकथा : गुगल म्याप

351
shares

 

 

 

लौ ! आयो आयो |

पानी आयो,पानी ! पिउनुहोस्, लिनुहोस् लिनुहोस् |

 

मकै, काक्रा,फलफुल, चिप्स बेच्नेको तछाडमछाड अझ बेग्लै थियो |

 

अर्को करायो, “लिनुहोस् लिनुहोस्,मौकाको फाइदा उठाउँनुहोस् | फेरि छुट्नुहोला नि !”

 

गाडीको हर्न, ट्राफिक जाम, साइरन एकैसाथ गुञ्जिएको थियो | पैदल यात्री जेब्राक्रसिङबाट बाटो काट्दै थिए त कोही ट्राफिक लाइटमा नजर दौडाइ रहेको प्रष्टै देखिन्थे |

 

व्यापारीहरू व्यापारमा व्यस्त थिए | गाडीभित्र के खानु हुन्छ ? ल, लिनुहोस् भन्ने दृष्य पनि कम्ता रोचक थिएन | चारैतिर भिडभाड, कोलाहल, माहोल व्यस्त छ | कसैलाई को, कहाँ, के, भन्ने जानकार छैन र पनि परिदृष्य रमाइलो छ तर फुर्सद भने कसैलाई छैन ?

|

गाडीले हर्न बजायो, सह-चालकले हात उठाउँदै सोधे, “कहाँ जाने, प्रश्न गरे अनि आफैँ भन्दै थिए | नयाँ बानेश्वर, टेकु, कालीमाटी, त्रिपुरेश्वर, कलङ्की, थानकोट कहाँ हँ ?” उनी नजर घुमाउँदै बोले

 

म खिस्स हाँसे, टाउको हल्लाए र मौनता साँधेँ | मेरो गन्तव्य फरक थियो, बहस गरिनँ, सरासर बाटो लागेँ |

 

म अन्योलमा परिनँ, नयाँ परिवेश भएकाले गुगल म्यापलाई साथी बनाएँ, “समयको पावन्दीलाई हेर्दे कहाँ जाने, अनि के गर्ने ? भनि समय व्यवस्थापनमा लागेँ | निर्धारित समयमा नै काम सकेँ |”

 

व्यस्त सहर, अपरिचित अनुहार, अन्योलको वातावरण बिचमा रोमाञ्च हुँदै मेरो अन्तर्मनले भन्यो, “आज गुगल म्याप नहुँदो हो त समय अनि कामको सहजता कसरी हुँदो हो ? धन्यवाद गुगुल !” म मनमनै मुस्कुराएँ

 

 

 

 

 

 

civil hospital
Hams Hospitals