लघुकथा – मुटु  चस्कँदा (बालश्रमको बिषय)

219
shares

 

– बालकृष्ण गजुरेल 

“बालबालिकाको शोषण अपराध हो ।” नवीन राजले झस्काए ।

एक्कासी कानमा परेको उनको आवाज सान्दर्भिक लाग्यो । बालबालिकाको बिकास नै उनीहरुको भबिष्य थियो । उनीहरुको उचित पठनपाठन र हेरचाहले सुनौलो भबिष्य बन्दथ्यो । भब्य बालगोष्ठीमा नवीन राजसँग गैयो ।

बालबालिकाको गोष्ठि सकेर उनको घरका पुगियो । घर भब्य थियो । सवारी साधनको रुपमा पजेरो थियो । उनको जीवन मन्त्री भन्दा माथि थियो । भन्न त उनी आफुलाई मानवअधिकारवादी भनी टोपल्थे । शाषकले बालबालिकाको बिद्यालयको पहिरनमा गोली हान्दा उनी बोलेनन् ।

घरमा पुग्ने बित्तिक्कै नवीन राज चिच्याए, ” बाबू सन्तोष, दुई कप चिया लिएर आउ । ”

भित्रबाट सुरिलो आवाज आयो, ” हुन्छ सर ।”

करिव चौध बर्षको बालक चिया लिएर हाजिर भयो । चिया मीठो थियो । तर  बच्चाको श्रमले अमिलो बनायो  । उक्त अवस्था देखेर मैले भनेँ, “यो बाबू, कताबाट ल्याउनु भयो ?”

नवीन राजले शब्द भूइँमा पर्न नपाई भने, “यीनलाई हामीले खाना, लाउन दिएका छौँ । धेरै थोरै त श्रम गर्नै पर्छ जीवले  बाँच्नलाई ।”

नविनराजको शब्दले मलाई रुन्चे हाँसो हँसायो । बाध्य भएर भनेँ, “आफ्नो बच्चाले मात्र मुटु चस्काउँदो रहेछ ।”

 

civil hospital
Hams Hospitals