हर्कको दलमा सुदन किरातीको ‘इन्ट्री’, प्रलोपामा ठूलो धक्का

606
shares

 

काठमाडौं । पूर्वमन्त्री तथा भोजपुरबाट तीन पटक निर्वाचित नेता सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने भएका छन् । हर्क साम्पाङ नेतृत्वको उक्त पार्टीसँग उनको एकताको औपचारिक घोषणा आज दिउँसो हुने तयारी गरिएको स्रोतले जनाएको छ ।

उच्च स्रोतका अनुसार गएराति भएको अन्तिम सहमतिअनुसार किरातीलाई पार्टीको वरिष्ठ नेतासहित दोस्रो वरीयताको उपाध्यक्षको जिम्मेवारी दिने सहमति जुटेको छ । त्यस्तै किराती पक्षले एक सचिव र १५ जना केन्द्रीय सदस्यसमेत पाउने समझदारी बनेको बताइएको छ ।

स्रोतका अनुसार किरातीसँगै आउने अधिकांश नेता तथा कार्यकर्ता प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप)सँग आबद्ध रहेका छन् । यसलाई प्रलोपाभित्र ठूलो राजनीतिक धक्का र विभाजनको संकेतका रूपमा हेरिएको छ ।

जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव कुमार नेपाल लगायत नेतासँग पार्टी एकता गरेपछि असन्तुष्टि जनाउँदै किराती जनार्दन शर्मा समूहसँग प्रलोपामा सक्रिय भएका थिए । पछिल्लो समय भने उनी प्रलोपाको अध्यक्ष परिषद्को जिम्मेवारीबाट अलग हुँदै हर्क साम्पाङसँग सघन छलफलमा थिए ।

पर्यटनमन्त्रीसमेत भइसकेका किरातीको यो कदमले वैकल्पिक राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भएको राजनीतिक वृत्तमा चर्चा छ । श्रम संस्कृति पार्टीले किरातीलाई भित्र्याएर संगठन विस्तार र राष्ट्रिय प्रभाव बढाउने रणनीति अघि सारेको देखिएको छ ।

civil hospital
Hams Hospitals