वैदेशिक रोजगार विभागका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर

285
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

 

आयोगका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा मिलाइदिने तथा प्रक्रियामा सहजीकरण गरिदिने आश्वासन दिँदै उनले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।

अनुसन्धानमा मस्राङ्गीले मुद्दा नचल्ने निर्णय गराइदिने, तारेखमा उपस्थित हुन नपर्ने वातावरण बनाइदिने तथा कारबाही प्रक्रिया टुङ्ग्याइदिने भन्दै सेवाग्राहीसँग रकम मागेको खुलेको आयोगले जनाएको छ ।

उनीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १५ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको छ ।

civil hospital
Hams Hospitals