अमेरिकाको ‘मिस सुप्रिम युएसए २०२६’ फाइनलमा नेपाली मूलकी स्नेहा रुपाखेती

132K
shares
Nabil bank

न्युयोर्क । अमेरिकाको प्रतिष्ठित सुन्दरी प्रतियोगिता ‘मिस सुप्रिम युएसए २०२६’ को फाइनल चरणमा नेपाली मूलकी प्रतिस्पर्धी स्नेहा रुपाखेती छनौट भएकी छन्।

उनले ‘मिस सुप्रिम अष्टिन’ को उपाधि जित्दै राष्ट्रिय स्तरको यस प्रतियोगितामा स्थान सुरक्षित गरेकी हुन्। उनी यस प्रतियोगितामा फाइनलसम्म पुग्ने एकमात्र नेपाली मूलकी प्रतिस्पर्धी बनेकी छन्।

टेक्सस राज्यको अस्टिन–सानमार्कोसस्थित टेक्सस स्टेट युनिभर्सिटीमा स्नातक चौथो सेमेस्टरमा अध्ययनरत रुपाखेतीले आगामी मे १४ देखि १६ सम्म अमेरिकाको ह्यूस्टनमा हुने अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउनेछिन्। प्रतियोगिताको भव्य समापन मे १६ तारिख साँझ ६ बजेदेखि ८ बजेसम्म बीटीसी क्रिएटिभ स्पेसमा हुनेछ।

यसअघि उनले ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ मा पनि उल्लेखनीय उपस्थिति जनाइसकेकी थिइन्।

प्रतियोगितालाई केवल ताज जित्ने अवसरका रूपमा मात्र नभई उनले सामाजिक मुद्दा उठाउने मञ्चका रूपमा प्रयोग गर्ने बताएकी छन्। विशेषगरी धादिङ र चितवनका विकट क्षेत्रमा रहेका चेपाङ समुदाय, श्रमिक बालबालिका तथा शिक्षाबाट वञ्चित समूहको अधिकारका विषयमा उनी आवाज उठाउँदै आएकी छन्।

बाल्यकालमा देखेका विपन्न बालबालिकाको अवस्था सुधार गर्दै उनीहरूलाई शिक्षा र अवसरसँग जोड्ने आफ्नो लक्ष्य रहेको उनले बताएकी छन्। साथै, जलवायु परिवर्तनले नेपालजस्ता विकासशील देशमा पारेको प्रभावलाई पनि उनले आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सार्ने उल्लेख गरेकी छन्।

सर्वाधिक पब्लिक च्वाइस अवार्डका लागि भोट गर्न चाहनेहरूले निम्न लिंक प्रयोग गर्न सक्नेछन्:
https://catchthecrown.com/vote/?utm_source=chatgpt.com

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x