बेरोजगारी घटाउन युवामुखी नीति ल्याउन सांसद क्षेत्रीको माग

141
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रदा कुँवर क्षेत्रीले बेरोजगारी न्यूनीकरणका लागि कृषि र उद्यम क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्ने बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १६औँ योजनाले तय गरेको बेरोजगारी दर पाँच प्रतिशतमा झार्ने लक्ष्य पूरा गर्न सरकारले युवामुखी नीति ल्याउनुपर्नेमा जोड दिइन् ।
उनले कृषिजन्य तरकारी तथा खाद्यान्न उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने सम्भावना हुँदाहुँदै सीमापारिबाट सस्तो मूल्यमा वस्तु भित्रिँदा स्वदेशी उत्पादनले बजार नपाएको उल्लेख गरिन् । त्यसैले करको दर ,दायरा आवश्यक परिमार्जन गरेर भएपनि यस्ता समस्यामा ध्यान दिन सरकारसँग माग गरिन् ।
उनले भनिन्,‘बेरोजगारीलाई पाँच प्रतिशतमा झार्ने १६ औं योजनाको लक्ष्य पूरा गर्न अब कृषि र उद्यम क्षेत्रामा युवाको आकर्षण बढाउनै पर्छ । कृषिजन्य तरकारी खाद्यन्न मात्र होइन् । नेपालमा नै उत्पादन भएका र सम्भावना भएका सिमा पारिका सस्तोमा भित्रिन्छ र यहाँको बिक्दैन । त्यसैले करको दर दायरा आवश्यक परिमार्जन गरेर भएपनि यस्ता समस्यामा ध्यान दिन सरकारसँग माग गर्दछु ।’
उनले युवा प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारले लिने नीति तथा कार्यक्रम नेपाली युवा उद्यमीका लागि‘टेक्ने लौरो र समाउने डाली’बन्नुपर्ने धारणा व्यक्त गरिन् ।
‘युवा प्रधानमन्त्रीले नेतृत्व गरेको यो सरकारले लिने नीति र मार्ग नेपाको युवा उद्यमीको लागि टेक्ने लौरो र समाउने डाली भनोस्,’उनले भनिन् ।

civil hospital
Hams Hospitals