लघुकथा : सिस्टम

249
shares

 

 

 

“ इन्स्पेक्टरलाई धम्की आयो |”

 

बाटोमा ठुलै भिड जम्मा भयो | अपरिचित युवाहरूको ग्याङ फाइट भएको रहेछ | मान्छेहरू मूकदर्शक बनेका छन् | छुटाउँन जाने साहस कसैमा थिएन | युवाहरू तथानाम भन्दै मुख छाडेका छन् | उनीहरूको जोसको अगाडि कसैको केही चलेन | छुटाउँन जानेले नै मुक्का खाएर फर्किएका छन्, झगडाको कारण कसैलाई थाहा छैन ? उपस्थितले पर्ल्याकपुर्लुक एकअर्काको अनुहार हेर्दै अनभिज्ञता जनाएका छन्  | भिडबाट ठुलै आवाज आयो, “प्रहरीलाई खबर गर्नु पर्यो, यसरी कहाँ हुन्छ, भर्खरै घटना घट्यो भने को जवाफदेही हुन्छ ?”

 

सबैले सहमती जनाए | एकले प्रहरीलाई खबर गर्यो, उसले शान्ति सुरक्षाको लागि निवेदन गर्यो | प्रहरीको टोली आयो | दुबै पक्षलाई छुट्टायो अनि सोधखोज गर्यो | आवश्यक अनुसन्धानका लागि लिएर गयो | हिरासतमा राख्यो, प्रक्रिया अगाडि बढायो |

 

केहीबेरमै दोषी रिहा भए, उनका सहकर्मीले गेटमा खादा,मालाले स्वागत गरे | अङ्कमाल गरे अनि बडो शानले लिएर गए |

 

जुन अस्वभाविक थियो, त्यो घटना नजिकैबाट नियाली रहेकी एक महिलाले आश्चार्य चकित हुँदै सोधिन्, “हैन किन, भर्खरको भर्खरै उनी बेकसुर कसरी भए ?”

 

इन्स्पेक्टरले लाचारी देखाए,शिर झुकाउँदै बोले, “के गर्ने ? उनीहरू ठुलै नेताका मान्छे रहेछन् |”

 

 

 

 

civil hospital
Hams Hospitals