यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरू

339
shares

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका चार प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले निर्णयहरू सार्वजनिक गरेका हुन्।

 

सरकारका अनुसार बैठकले राष्ट्रिय विकास, कृषि, सहकारी तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ।

 

बैठकका प्रमुख निर्णयहरू यस प्रकार छन्:

 

सरकारले नेपाल–चीन जोड्ने महत्वाकांक्षी विद्युत् प्रसारण लाइन आयोजना चिलिमे–केरुङ परियोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने लेटर अफ रिप्लाई (प्रत्यूत्तर पत्र) स्वीकृत गर्ने निर्णय गरेको छ।

 

त्यस्तै, आर्थिक वर्ष २०८३/०८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। जसअनुसार मोटो धानको मूल्य प्रति क्विन्टल रु. ३६६० र मध्यम धानको मूल्य प्रति क्विन्टल रु. ३८६० तोकिएको छ।

 

बैठकले सहकारी क्षेत्रमा देखिएको बेथितिबारे अध्ययन गर्न गठन गरिएको सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ।

 

त्यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को महानिर्देशकमा सहसचिव मुकेश डंगोल लाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

 

सरकारका यी निर्णयहरूले पूर्वाधार, कृषि तथा नियामक निकायहरूको सुधारमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals