पशु क्वारेन्टाइन ऐन कार्यान्वयनबारे विराटनगरमा अन्तरक्रिया सम्पन्न

126
shares

 

 

विराटनगर । पशु क्वारेन्टाइन सम्बन्धी ऐन, नियमावली तथा मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशु क्वारेन्टाइन कार्यालय द्वारा आयोजित कार्यक्रममा सीमा क्षेत्रमा हुने पशु तथा पशुजन्य वस्तुको आयात–निर्यात, रोग नियन्त्रण तथा कानुनी व्यवस्थाका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय विराटनगरका कार्यालय प्रमुख बरिष्ठ पशु चिकित्सक विदुर गौत्तम ले पशु क्वारेन्टाइन सम्बन्धी कानुनी व्यवस्था, सीमा नाकामा कार्यालयले सञ्चालन गरिरहेका गतिविधि तथा ऐन विपरीत कार्य गर्नेहरूमाथि हुने दण्ड सजाय सम्बन्धी प्रावधानबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले पशु स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन सबै निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी पशु क्वारेन्टाइन कार्यालय विराटनगरका पशु चिकित्सक तथा सूचना अधिकारी खिला बोगटी ले जुनोटिक पशु रोग सम्बन्धी सन्दर्भ सामग्री प्रस्तुत गर्दै पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिम न्यूनीकरणका उपायबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा विराटनगर भन्सार कार्यालय का सूचना अधिकारी बिमल कुमार साह ले एनएनएसडब्ल्यु (National Single Window) प्रणालीबारे जानकारी दिँदै आयात–निर्यात प्रक्रियालाई प्रविधिमैत्री बनाइएको बताउनुभयो ।

यसैबीच सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा रानी विराटनगर डि एस पि तिलक खड्का ले सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रिय रूपमा निगरानी गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अवैध रूपमा ओसारपसार गरिएका पशु तथा पशुजन्य सामग्री कानून बमोजिम नियन्त्रण तथा नष्ट गर्ने कार्य भइरहेको  बताउनुभयो  । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो

civil hospital
Hams Hospitals