हाइकुहरू

150
shares

 

१.
हर्मुज मुस्काउँछ
तेलको नाडी रोकिन्छ
विश्व सास बन्द।

२.
ट्रम्पको गर्जन
स्नूज बटनमा हरायो
रात आफैँ हाँस्छ।

३.
चेसबोर्ड संसार
हात्ती बालुवामा फस्यो
राजा मौन छ।

४.
इरानको औंला
अर्थतन्त्र काँपिन्छ
डलर रोइरह्यो।

५.
तेलको थोपा
अब आँसु बनेर झर्छ
बजार भत्किन्छ।

६.
भियतनाम बोल्छ
अफगान प्रतिध्वनि छ
अहंकार युद्ध।

७.
पुटिनको छायाँ
किभको धुलोमा बोल्छ
गल्तीहरू पाठ।

८.
नेतन्याहु हाँस्छ
रङ्गमञ्चमा युद्ध खेल
दर्शक अन्धा।

९.
व्हाइट हाउस हास्छ
कफीमा परमाणु ज्ञान
टिकटक निर्णय।

१०.
हर्मुज शान्त छ
मानवता आफैँ हरायो
मूर्खता बाँच्छ।

 

civil hospital
Hams Hospitals