लघुकथा : चतुर्याइँ

402
shares

 

 

 

“सुराकी लगाउँनु परेन ?”

 

दिनहुँ काम नगरी खान पुग्दैन | बिहान बेलुका साहुको घरमा मजदुरी गर्नु पर्छ | त्यहीँबाट आएको निमेकले गुजारा चल्छ | कमैयाहरूको जमात छ, सबै काममा जाने आउँने गर्छन् | दिन सामान्य तरिकाले व्यतीत भएको देखिन्थ्यो |

 

गाउँ शान्त, स्वच्छ अनि रमाइलो छ | खोलाको मूलको पानी हरियाली, उकाली ओराली, भिराला कान्लाले जो कोहीलाई लोभ्याउँने गर्छ | त्यहाँका मान्छे सोझा छन्, एकआपसमा मेलमिलाप पनि बेजोडको छ |

 

महिना मर्यो, सदा झै पारिश्रमिक बुझे तर हिसाबमा चाँसो कसैले देखाएनन् ? एकले मुख खोल्यो, “काम अनुसारको ज्याला पुगेन, किन ?”

 

मजदुरहरूले सहमती जनाए, “सबैले  होमा होको नारा लगाए, उसैलाई अगाडि सारे | सामुन्ने बोल्ने साहस कसैमा थिएन ?” उनीहरू खुसी थिए

 

उसैलाई अगुवा माने र भने,”अबदेखि तिमीलाई हामी साथ दिन्छौँ, बस् मजदुरको हक हितका लागि बोल्नु पर्छ भन्दै नेता बनाए |”

 

अर्को दाहिने हात बन्यो, गुप्तचरको भूमिका निभायो | उसले भरोसा दिलाउँदै भन्यो, “केही समय धैर्य गरौँ, नआतिऔँ, अवश्य न्याय हुन्छ |” मजदुरलाई आश्वासन दियो

 

एकले सत्य तथ्य बोल्न थाल्यो | युनियन बनायो, हड्ताल गर्यो, काम ठप्प पार्यो | ऊ हर्ताकर्ता बन्यो, साहुको नजरमा पर्यो |

 

साहुले प्रलोभनको जालो फ्याक्यो,  लोभ्भियो | मजदुरलाई छल गर्यो,विश्वासघात भयो, साहुसङ्गै मिल्यो अनि शान्त रहन थाल्यो |

 

निरन्तर साथ दिएको अर्कोले सुइँको पायो र खबर ल्यायो | ऊ निराश भयो अनि मलिन हुँदै बोल्यो, “सामान्तवादीले ल्याएको भयानक रोगले सिकार भएछ नाइके, डिभाइड एन्ड रूलको, धोका नहोला भन्न सकिन्न ?”

 

 

 

 

civil hospital
Hams Hospitals