एकैपटक १२ प्रजिअ हेरफेर, १८ सहसचिवको सरुवा ! गृह मन्त्रालयमा प्रशासनिक भूकम्प

846
shares

काठमाडौं । गृह मन्त्रालयले प्रशासनिक संयन्त्रमा ठूलो फेरबदल गर्दै १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित १८ जना सह-सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले जेठ १३ र २२ गते गरेको निर्णयअनुसार एकैपटक उच्च प्रशासनिक तहमा व्यापक हेरफेर गरिएको हो।

सरकारले जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह र प्रशासनिक नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न जिल्लामा कार्यरत सह-सचिवहरूको जिम्मेवारी परिवर्तन गरेको जनाएको छ। सरुवा गरिएका १८ जना सह-सचिवमध्ये १३ जनालाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयको यो निर्णयलाई प्रशासनिक वृत्तमा ‘कमाण्ड लेभल रिफ्रेस’ का रूपमा हेरिएको छ। जिल्लाको सुरक्षा, सुशासन, राजस्व परिचालन तथा सरकारी निर्देशन कार्यान्वयनको नेतृत्व गर्ने प्रजिअहरूको एकैपटक व्यापक हेरफेर भएपछि प्रशासनिक क्षेत्र तरंगित बनेको छ।

सरकारले पछिल्लो समय सेवा प्रवाहमा देखिएका कमजोरी, सुरक्षा चुनौती तथा प्रशासनिक कार्यसम्पादनलाई थप चुस्त बनाउन नेतृत्व तहमा परिवर्तन गरेको बुझिएको छ। मन्त्रालय स्रोतका अनुसार आगामी दिनमा समेत कार्यसम्पादनका आधारमा प्रशासनिक संरचनामा थप फेरबदल हुन सक्ने संकेत देखिएको छ।

एकैपटक १२ प्रजिअको सरुवा र १८ सह-सचिवको जिम्मेवारी हेरफेरलाई गृह प्रशासनभित्रको सबैभन्दा ठूलो पुनर्संरचना मध्येको एक मानिएको छ। यसले जिल्लास्तरको प्रशासनिक नेतृत्वमा नयाँ समीकरण र कार्यशैली स्थापित गर्ने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals