मन्त्रिपरिषद्का १५ बैठकका निर्णय सार्वजनिक, मन्त्री सस्मित पोखरेलद्वारा पत्रकार सम्मेलनमार्फत जानकारी

828
shares

काठमाडौं । सरकारले विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

सरकारका अनुसार वैशाख महिनामा बसेका नौ वटा तथा जेठ महिनामा बसेका छ वटा बैठकका निर्णय एकैपटक सार्वजनिक गरिएको हो। यससँगै दुई महिनाको अवधिमा सम्पन्न भएका कुल १५ वटा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन्।

पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले मन्त्रिपरिषद्ले गरेका विभिन्न नीतिगत, प्रशासनिक तथा विकाससम्बन्धी निर्णयबारे जानकारी गराएका थिए। सरकारले नियमित रूपमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ।

यद्यपि, सार्वजनिक गरिएका निर्णयहरूको विस्तृत विवरण भने सम्बन्धित मन्त्रालयमार्फत क्रमशः उपलब्ध गराइने जनाइएको छ।

civil hospital
Hams Hospitals