नेप्से परिसूचक १.४६ अंकले घटेर २,७००.६५ बिन्दुमा बन्द ,४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार

144
shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। आइतबार नेप्से परिसूचक १.४६ अंकले घटेर २,७००.६५ बिन्दुमा कायम भएको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.०५ प्रतिशतको गिरावट हो।

 

कारोबार अवधिभर बजारमा उतारचढाव देखिए पनि अन्त्यमा नेप्से रातो संकेतमा बन्द भएको हो। बजारमा कुल ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँभन्दा बढी बराबरको शेयर कारोबार भएको छ। यस दिन ८१ लाख ३८ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

 

कारोबारमा सहभागी कम्पनीमध्ये ११६ कम्पनीको शेयर मूल्य बढेको, १४३ कम्पनीको घटेको तथा १४ कम्पनीको मूल्य स्थिर रहेको छ। बढ्ने कम्पनीभन्दा घट्ने कम्पनीको संख्या बढी देखिएकाले बजारमा सामान्य दबाब कायम रहेको विश्लेषण गरिएको छ।

 

लगानीकर्ताले आगामी मौद्रिक नीति, बैंकिङ क्षेत्रको तरलता अवस्था तथा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणलाई नजिकबाट नियालिरहेको अवस्थामा बजारले स्पष्ट दिशा लिन अझै केही समय लाग्न सक्ने विश्लेषकहरूको भनाइ छ।

civil hospital
Hams Hospitals