नेप्से परिसूचक १४.४५ अंकले घटेर २,६६०.०२ बिन्दुमा बन्द

165
shares

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार कारोबारको अन्तिम समयमा १४.४५ अंकले घटेर २,६६०.०२ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक ०.५४ प्रतिशतले ओरालो लागेको हो।

 

दिनभरको कारोबारमा बजारमा बिक्री दबाब हाबी रहँदा अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिएको छ। कारोबार अवधिभर नेप्से सूचक निरन्तर दबाबमा रहे पनि अन्तिम समयमा केही सुधार देखिए पनि बजार सकारात्मक क्षेत्रमा फर्किन सकेन।

 

आज कुल १० करोड ७७ लाख ७७ हजार ५८२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार रकम उल्लेख्य रहे पनि बजारको समग्र मनोबल भने कमजोर देखिएको छ।

 

कारोबार भएका कम्पनीहरूमध्ये २०२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ कम्पनीको मूल्य बढेको छ। यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

 

बजारमा घट्ने कम्पनीहरूको संख्या उल्लेख्य रूपमा बढी देखिएकाले लगानीकर्ताको मनोविज्ञान अझै सतर्क रहेको संकेत मिलेको छ। विश्लेषकहरूका अनुसार आगामी कारोबार दिनहरूमा बजारको दिशा लगानीकर्ता विश्वास, आर्थिक गतिविधि तथा नीतिगत संकेतहरूमा निर्भर रहनेछ।

civil hospital
Hams Hospitals