सरुवालाई अवसरमा बदल्ने सुब्बा का.मु.कार्यलय प्रमुखको भुमिकामा
वि.सं.२०८३ असार १५ सोमवार
shares
२०८३ जेठ ८ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री कार्यालयको निर्देशन भन्दै एउटा निर्णय गर्यो।उक्त निर्णय अरु केही नभएर सरकारले सुशासनका लागि भनेर कर्मचारीका नेताहरुलाई उपत्यकाबाट बाहिर हटाउने वा पठाउने गरि सरुवा लिष्ट निकाल्यो।
सरुवा लिष्टमा सबै राजनीति गर्नेहरु थिएनन् भलै कसैले यसमा खेल्यो केही पिल्सिए केहिलाई अनाहकमा यस्तो गरियो तर यो निर्णय केवल सुशासनका लागि थियो भन्ने सरकारको बुझाई छ।सरुवामा परेका सबै अन्यायमा छैनन।सबैलाई न्याय पनि गरेनन्।यत्तिकैमा २० जना सुब्बालाई गृह मन्त्रालयले फेरि प्रधानमन्त्री कार्यालयको निर्देशन भन्दै निजहरुलाई अपाएक पर्ने गरि ऐनमा केही सहजता उल्लेख हुदाहुदै पूर्वकालाई पश्चिम,पश्चिमकालाई पूर्व,उत्तरकालाई दक्षिण,दक्षिणकालाई उत्तर हुनेगरि अत्यन्तै दुर्गम ईलाका प्रशासन कार्यालयहरुमा पठायो।उनिहरु माथि एक किसिमले भन्ने हो भने पीडा दिने र हत्तोसाहित पार्ने काम गर्यो।
यसमा निर्देशन दिने समूह वा ब्याक्ती को थियो?समयले पत्ता लगाउला तर यसरी सुशासन कायम होला त?होस् नहोस् भलै यो कार्य एउटा जगडिएको सरुवा प्रणालीको क्रम भंगता भने अवश्य हो।अरु धेरै यस्ता सरुवा छन तर यो सरकारका नजिक भनिएका केही स्वार्थि सहसचिव,उपसचिव र शाखा अधिकृतहरुको खेल छ।समयले सरकार सजक होला र यस्ता अवसरबादि चरित्र भएकाहरुले गरेको कार्य सच्याउला।समयले कसैलाई दु:ख त देला समयले नै दिन फर्काउने छ।
प्रधानमन्त्रीको सचिवालयमा रहेका केही नकारात्मक सोचका युवा र कर्मचारीहरुले आज पनि सेटिङ गरिरहेका छन भन्ने पत्रपत्रिका,छापा र सामाजिक संजालमा देख्न,सुन्न सकिन्छ।यसमा सजक हुनका लागि धेरैले अपिल गरेका छन।यसै सरुवामा परेका एक जना अभियानका सुब्बा हुन पशुपति पोखरेल जो गृह मन्त्रालयले पदस्थापन सूचिको ३ नम्बरमा राखेर ईलाका प्रशासन कार्यालय लोमाङथाङ मुस्ताङ पठायो।उनी खोटाङ स्थायि घर भएका ब्याक्ती हुन उनले दुर्गममा ९ बर्ष काम गरेर काठमाडौ आएका थिए। काठमाडौंमा ५ बर्ष काम गरेका छन।
उनले निजामती सेवाका बिकृतिका बिरुद्ध खरो आवाज उठाउदै अभियान चलाएका थिए।आज तिनै सुब्बाले उठाएका २३ बुँदाका वरिपरि रहेर सरकारले सुशासनको काम गरिरहेको छ।यसमा उनको र उनी निकटकाहरुको दावि छ।सिंहदरबार गेटमा नाङ्गै आन्दोलन गर्दै उनले भनेका थिए लुगा लगाएपनि,शरीर ढाकेपनि सबै कर्मचारी नाङ्गै छन।राजनितीले निजामती कर्मचारी प्रशासन नाङ्गै पारेको छ।यस्तै सरुवामा घुस लिनेका बिरुद्ध “घुस नखाउ हामी ५ रुपैया उठाएर पठाउँछौ”भनेर अभियान चलाएका थिए।यसरी अभियान चलाउँदा पटकपटक सरकारले उनलाई पक्राउ गरेको थियोे।
सुशासन कायम गर्न दलगत ट्रेडयूनियन खारेज गरेर वा कर्मचारी आफैले त्यागेर एक मात्र आधिकारिक ट्रेडयूनियन कायम गरि लड्न पर्छ भन्दै वकालत गरिरहे।उच्च प्रशाशक,दलिय कर्मचारी ट्रेडयूनियन र राजनैतिक दलका नेताहरुको सामिप्यताले निजामती प्रशासन ध्वस्त पारेको प्रति कटाक्ष सहित बिरोधमा अटल रहने पोखरेल आज लोमाङथाङमा सेवा दिईरहेको सामाजिक संजालमा देख्न पाईन्छ।उनी जहाँ काम गरेपनि जनताले सेवा पाउन पर्छ भन्ने भावना बोकेका कर्मचारी हुन।
उनले सोलुखुम्बु ,काठमाडौंमा काम गरेका कार्यलयका कर्मचारी र उनलाई नजिकबाट देखेका चिनेका र काम लिएका जनताले उच्च प्रशंसा गरेका छन।उनी जहिले पनि नयाँ र परिवर्तित अवस्थालाई स्विकार गर्न पर्छ भन्ने मान्यता राख्दछन र बिद्रोह गर्दछन।शान्तिपूर्ण धर्ना गरेर वा अभियान मार्फत उनले आवाज बाहिर ल्याउने गरेकाछन।यसका अलवा उनी पर्यटनमा बढि रुचि राखेको पाईन्छ।एभरेस्ट बेस क्याम(EBC) लगायत धेरै क्षेत्रहरुको भ्रमण र ट्रेकिङ गरेका छन। उनले सामाजिक संजालमा पर्यटक बन्न पर्छ,भ्रमणमा जानपर्छ भन्दै उत्प्रेरणाका भिडियो,फोटाहरु र धार्मिक,सास्कृतिक,हिमाल पहाड,ताल मनोरम डाँडाकाडा,पर्यटकिय स्थलहरु,दरबार लगायतका बारेमा चर्चा गर्ने गरेकाछन।
लुम्बिनी,पाल्पादरबार,रानिमहल,भैरहवा,भेडेटार,सोलुदुधकुन्ड,काठमाडौं वरपरका ट्रेकिङ डाँडाहरु,पोखरा,मनकामना,लगायत धेरै पर्यटकिय स्थलहरु भ्रमण गरिसकेका छन।यस्तै अहिले उनी सरुवा भएको जिल्ला मुस्ताङमा यस्तै पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरिरहेका छन।उनलेे आफ्नो सरुवालाई अवसरको रुपमा लिई सरकारलाई धन्यबाद दिदै म्याग्दी र मुस्ताङका पर्यटकिय स्थलहरु घुम्दै भिडियो र फोटाहरु हालिरहेका छन र उनले भनिरहेका छन नेपाल स्वर्गको टुकुरा हो यस्ता धार्मिक,सांस्कृतिक,मनमोहक हिमाल पहाड ,ताल ललैया घुमेर स्वर्गको बाटो रोज्नुस।जीन्दगि यात्रा हो भन्दै “पर्यटनमा देशको भबिष्य छ तपाईंको रोजाइ पर्यटन हुनपर्छ” भन्दै अत्यन्तै राम्रो गरि हरेक मानिसलाई पर्यटक बन्न हौसला र उत्प्रेरित गरिएका छन।
उनले अहिले बेनि बजार,तातोपानी,रुप्से झरना,मार्फागाउँ मुस्ताङ ,जोमसोम,मुक्तिनाथ,कागबेनि,उपल्लो मुस्ताङ लोमङथाङ,लोमाङथाङ दरबार,सुख्खा डाँडाहरु,कोरलानाका लगायत घुमिसकेछन भने यसै सँगै रहेका तिलिचो ताल,निलगिरि हिमाल,धौलागिरी हिमाल,ढोरपाटन,उपल्लो डोल्पा,दामोदर कुन्ड मुस्ताङ, घुम्नका लागि उत्साहित बनाईरहेका छन।यसरी उनले सरुवालई समेत अवसरका रुपमा लियर पर्यटकको रुपमा आफूलाई स्थापित गर्ने शुरुआत गरिएकोबाट आम कर्मचारीले सिक्न पर्ने छ कि तपाईंले सेवा सँगै राज्यलाई र जीवनलाई सँगसँगै उचाईमा पुर्याउन सक्ने सरलबाटहरु छन।तपाईंको समय,तपाईंको सुन्दर जीवन,हाम्रो अभियान,रोजाइ पर्यटन।सरकारले पर्यटन बिदा र सहुलियत प्रदान गरोस् यस्ता कर्मचारीलाई चिन्न सकोस् ।।।




























