पेट्रोलदेखि ग्याससम्म मूल्य घट्यो, निगमले सार्वजनिक गर्‍यो नयाँ दर

207
shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले नयाँ खुद्रा बिक्री मूल्य लागू गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाइएको छ। त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ ले घटाइएको छ।

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँ ले घटाइएको निगमले जनाएको छ।

निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार सम्बन्धित क्षेत्रका उपभोक्ताले अब घटेको मूल्यमा पेट्रोलियम पदार्थ खरिद गर्न सक्नेछन्। नयाँ मूल्य निगमले तोकेको मितिदेखि लागू हुने जनाएको छ।

नयाँ मूल्य (संक्षेपमा):

 

civil hospital
Hams Hospitals