दुई संसदीय समितिको बैठक बस्दै

75
shares

 

काठमाडौं । दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।

आइतबार अर्थ समितिको १२औं बैठक र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ ।

आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व.२०८३/८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउसो २ बजे बस्ने भएको छ ।

बैठकमा समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका सम्बन्धमा छलफल हुने छ ।

civil hospital
Hams Hospitals