मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी999ó99p99999p9p9o9⁹p99óólp9pp99ppoll

288
shares

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

 

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित कृषक तथा स्थानीय समुदायको सुरक्षा र राहत मन्त्रालयको प्राथमिकतामा रहेको बताएकी छन् ।

 

राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्नको उत्तर दिँदै उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक संरचना निर्माण, रोकथाम तथा संरक्षणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराइन् । ‘मानव-सहअस्तित्व कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि ४१ करोड ११ लाख रुपैया बजेट विनियोजन गरिएको छ,’ उनले भने ।

 

मन्त्री चौधरीले उक्त बजेटबाट पानी पोखरी निर्माण, सोलार फेन्स निर्माण, घाँसे मैदान विकास, वन्यजन्तु ह्यान्डलिङ तथा उद्धारसम्बन्धी उपकरण खरिद, खेतीयोग्य जमिन संरक्षणका लागि मेस वायर फेन्स निर्माण तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँग सम्बन्धित अन्य पूर्वाधार निर्माणलगायत प्रत्यक्ष परिणाममुखी कार्यक्रम सञ्चालनमा समेत खर्च गरिने बताइन् ।

civil hospital
Hams Hospitals