२८ सय रुपैयाँले घट्यो सुनको मूल्य 

156
shares

 

 

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनको मूल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

 

आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, चाँदीको मूल्य पनि १००रुपैयाँले घटेको छ ।चाँदी ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals