तीन वटा संसदीय समितिको बैठक बस्दै
वि.सं.२०८३ असार ३१ बुधवार
shares
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।
बुधबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।
अर्थ समितिको बिहान ८ः३० बजे बस्ने भएको हो ।
बैठकमा नेपाल धितोपत्र बोर्डसँग देहायका विषयहरूमा जानकारी लिने कार्यसूची रहेको छ ।
आ.व.२०८२/८३ मा नेपाल धितोपत्र बोर्डबाट भएगरेका मुख्य—मुख्य कामकारबाही सम्बन्धमा, धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू र उपलब्धिहरू लगानीकर्ताहरूको हित संरक्षणका लागि भएका प्रयास एवं उपलब्धिहरूका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
बिहान ८ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्तिमा देखिएका समस्या र उपभोक्तामा परेको प्रभावका सम्बन्धमा छलफल हुने छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहान ८ः३० बजे बस्ने भएको छ ।
बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।





























