कर्मचारी भर्ना गर्न लोकसेवाको नयाँ कार्यतालिका
वि.सं.२०८३ साउन १ शुक्रवार
555
shares
shares
काठमाडौं ।लोक सेवा आयोगले आफ्नो पदपूर्ति प्रक्रियामा “प्रोसेस रि-इन्जिनियरिङ” सहित नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
जस अनुसार:
१. सवै पदका विज्ञापन देखि सिफारिस सम्मका कामहरु सोही आ.व. (असार मसान्त) भित्रमा सम्पन्न हुनेछन्।
२. भदौ महिनाको अन्तिम बुधवार देखि विज्ञापन सुरू हुनेछन्।
३. साविकमा सहसचिव र उपसचिव दुवै पदको विज्ञापन असोजमा हुने गरेकोमा अवदेखि सहसचिव पदको भदौ महिनामा र उपसचिव पदको असोज महिनामा विज्ञापन हुनेछन् ।
४. एउटा श्रेणीका सवै पद (अप्राविधिक र प्राविधिक) को विज्ञापन एउटै मितिमा हुनेछन् ।
५. सवै पदका लिखित परीक्षाहरू वर्षा याम अगावै सम्पन्न हुनेछन्।





























